बुटवल – जिल्ला समन्वय समिति कपिलवस्तुले अवैध वालुवा ओसार पसार रोक्न कडा कदम चालेको छ । उसले त्यहाँको प्रहरी मार्फत अवैध वालुला ओसार पसार गर्ने गिरोहलाई पक्राउ गर्न सुरु गरेको छ ।
सोही क्रममा मंगलवार कपिलवस्तु नगरपालिका –३ रामघाट नदिबाट अवैध रुपमा वालुवा ओसार पसार गर्ने पाँच वटा ट्याक्टर पक्राउ गरी त्यहाँको प्रहरीले जिल्ला समन्व्य समितिमा बुझाएको छ । समितिले ती मध्ये दुई वटा ट्याक्टरबाट २५ हजारका दरले जरीवाना अशुल गरी ५० हजार रुपैयाँ राजश्व दाखेला गरेको छ ।
यसै विच जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रबक्ता डिएसपी रवि रावलका अनुसार ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । उनका अनुसार मंगलवार कुश्माघाट बाट आउँदै गरेको लु ३ त ५२१६ नम्वरको ट्याक्टर हुँदा सो नगरपालिका ९ का ४० बर्षिय श्याम यादवको ज्यान गएको हो ।
उनको ४ नम्वर सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको रावलले जानकारी दिए । ट्याक्टर चालक भने फरार रहेकोले खोजी कार्य जारी तिब्र पारिएको जनाईएको छ । त्यस्तै कपिलवस्तु मै मोटर साईकलको ठक्कर बाट एक जना वालक गम्भीर घाईते भएका छन ।
श्रीराम स्थित तौलिहवा मर्यादापुर सडक खण्डमा लु ३५ प ७७१ नम्वरको मोटर साईकलले ठक्कर दिदा स्थानिय सेवक बैरेका ८ बर्षिय छोरा अमित बैरे घाईते भएका हुन ।
प्रतिक्रिया