काठमाडौं - जुवा खेल्दै गरेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवाखालबाट कौडासहित नगद समेत बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरीका अनुसार कोभिड संक्रमणका बेला लगाएको निषेधाज्ञा समेतलाई अवज्ञा गरी जुवा खेलिरहेको सूचनाका आधारमा मन्थली–१ घारीटोलका चन्दबहादुर माझीको घरमा प्रहरीले छापा मारेको थियो ।
छापा मार्ने क्रममा जुवा खेलिरहेको अवस्थामा घरधनी चन्द्रबहादुर माझी, मन्थली–६ हातिटारका तेजबहादुर माझी, मन्थली–८ गाईखुराका आइते माझी, मन्थली ९ पुरानागाउँका टिकाराज आरण र सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–१ का नरेन्द्र माझीलाई कौडा र नगदसहित पक्राउ गरीएको हो ।
पक्राउ गरीएकाको साथबाट १ लाख ९२ हजार ९ सय ५० रुपैयाँ नगद बरामद गरिएको छ ।
प्रतिक्रिया