३१ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय बढी, कहाँ कहाँ ?

४ बर्ष अगाडि

काठमाडौं - नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित ४५ हजार बढी रहेका छन् । अझै ३१ जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सय बढी रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार बिहानसम्म देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ । देशका सबै जिल्लामा सक्रिय संक्रमित रहेका छन् । 

अझै पनि देशका ३१ जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सय बढी छ । प्रदेश १ का मोरङ, सुनसरी र झापा, प्रदेश २ का बारा र धनुषामा सक्रिय संक्रमित पाँच सय बढी छन् । 

त्यस्तै, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेप्लाञ्चोक, मकवानपुर, धादिङ, सिन्धपाल्चोक, सिन्धुली र नुवाकोट तथा गण्डकी प्रदेशका कास्की, गोरखा, नवलपरासी (पूर्व), म्याग्दी, बाग्लुङ र पर्वतमा सक्रिय संक्रमित घट्न सकेका छन् । यी जिल्लामा पाँच सय बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

लुम्बनीका दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया र नवलपरासी (पश्चिम), कर्णालीको सुर्खेत तथा सुदूरपश्चिमका कैलाली, बैतडी र अछाममा सक्रिय संक्रमित पाँच सय बढी छन् । पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लालाई स्वास्थ्य मन्त्रालयले उच्च जोखिममै राखेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया