त्रिभुवन विश्वविद्यालयका प्राध्यापकले अनलाइन कक्षा बहिष्कार गरेका छन् । त्रिविले सम्झौता अनुसार आफूहरुको माग पुरा नगरेको भन्दै आंशिक प्राध्यापक संघले अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेको हो ।
त्रिवि आंशिक प्राध्यापक संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अनलाइन कक्षा बन्द गरिएको उल्लेख छ ।
२०७७ को पौषमा शिक्षण सहायकको सेवा सुविधा पाउने गरी व्यवस्थापन गर्ने सम्झौता कार्यान्वयन नभएको उल्लेख गरेको छ ।

प्रतिक्रिया