टुटल पठाओ जस्ता राइड शेयरिङ कम्पनीलाई करको दायरामा ल्याइदै, बैंक तथा वित्तिय संस्थाले एटीएम राखे कर

४ बर्ष अगाडि

काठमाडौं - महानगरपालिकाले टुटल पठाओ जस्ता राइड शेयरिङ कम्पनीलाई करको दायरामा ल्याउने भएको छ ।

आर्थिक विधेयक २०७८ मार्फत काठमाडौं महानगरले दुईपांग्रे सवारीसाधनमा यात्रु ओसारपसार गर्ने राइड सेयरिङ र व्यवसाय ढुवानी जस्ता व्यवसायले आगामी आर्थिक वर्ष २०७८र७९ मा १० हजार कर तिर्नुपर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्तावमाथि आगामी असार २० गतेबाट नगर सभामा छलफल हुने बताइएको छ । साथै महानगरपालिकाले बैंक तथा वित्तिय संस्थाले एटीएम राख्दा अब कर लिने प्रस्ताव गरेको छ । 

वित्तीय संस्थाको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयबाहेकका ठाउँमा एटिएम राख्दा ५ हजार कर लिने ऐनको प्रस्तावमा उल्लेख छ ।

साथै विद्युतीय सवारीसाधनले निःशुल्क पार्किङको सुविधा पाउने पनि उक्त प्रस्तावमा उल्लेख छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया