नेपाली बजारमा दुई महिना भित्र टाटा नेक्सन इलेक्ट्रिक एसयूभी भित्रिन्दै, मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं - अगामी दुई महिना भित्र नेक्सन इलेक्ट्रिक एसयूभी गाडी नेपाल भित्रिने भएको छ । 

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा नयाँ नेक्सन इलेक्ट्रिक एसयूभी गाडीको बुकिङ चाँडै खुलाउने घोषणा गरेको हो ।

अत्याधुनिक डिजाइनको जिपट्रोन प्रविधिमा आधारित सो एसयूभी मुख्यतः वायु प्रदूषणरहित तथा पूर्ण रोमाञ्चकारी यात्रा अनुभव गर्न चाहने ग्राहकवर्गलाई लक्षित गरिएको कम्पनीले जनाएको छ।

टाटाले ल्याउन लागेको इलेक्ट्रिक एसयुभि इम्प्याक्ट डिजाइन २.० अवधारणा अन्तर्गत तयार पारिएका छ । जसले गर्दा गाडीको बनावट अरुभन्दा बिल्कुल भिन्न र आकर्षक देखिन्छ ।

एकपटक चार्ज गरेपछि ३०० किलोमिटर भन्दा बढी दूरी तय गर्ने सक्छ। यो गाडी फुलचार्ज हुन साढे आठ घण्टा लाग्छ । नेक्सन एसयूभिमा ३०.२ किलोवाट आवर उच्च क्षमताको लिथियम आयोन ब्याट्री प्रयोग भएको छ जसले टर्क क्षमता २४५ एनएम रहेको छ ।

नेपाली बजारमा यो गाडीको मूल्य ३५ देखि ४५ लाखसम्म हुने अनुमान गरिएको छ । हालसम्म कम्पनीले गाडीको मूल्य सार्वजनिक गरिनसकेको तर, बुकिङ खुलाउने तयारी गरिरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया