एजेन्सी - इंग्लिस क्लब आर्सनलका डिफेन्डर केइरन टियरनीले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
आर्सनल सँग शुक्रबार डिफेन्डर केइरनले पाँच वर्षे नयाँ सम्झौता गरेका हुन् । स्कटल्याण्डका २४ वर्षीय डिफेन्डर केइरन सन् २०१९ मा सेल्टिकबाट आर्सनल आएका थिए ।
उनले आर्सनलका लागि ६२ खेल खेलिसकेका छन् । उनी स्कटल्याण्डको युरो खेल्ने टोलीमा समेत थिए ।
प्रतिक्रिया