मेलम्चीमा बाढी: तीन तले पक्की घर बगायो

५ बर्ष अगाडि


सिन्धुपाल्चोकको मेलम्चीमा अविरल वर्षापछि आएको बाढीले एक घर बगाएको छ । शनिबार बिहान मेलम्ची नगरपालिका ११ स्थित इन्दरावती नदीको छेउमा रहेको  गोपाल दुलालको तीन तले पक्की घर बाढीले बगाएको हो । 

एक साताअघि आएको भीषण बाढीकै बेला स्थानीय गोपाल दुलालको सो घर जोखिममा रहेकामा शनिबारको बाढीले भत्किन पुगेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।  
घरपरिवार अन्यत्र स्थानान्तर भइसकेकाले कुनै मानविय क्षति भने भएको छैन ।


एक साताअघिको भीषण बाढीका कारण दर्जनौं घरपरिवार विस्थापित भएका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया