कर्णालीका तीन सांसद पुनः निलम्बनमा, कोे-को ?

४ बर्ष अगाडि

काठमाडौं - कर्णाली प्रदेशसभाका तीन जना सांसद पुनः निलम्बनमा परेका छन् । एमालेका सांसदहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा एक महिनाका लागि निलम्बनमा परेका हुन् ।

बैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका प्रकाश ज्वालासहित उनीहरुलाई यसअघि पनि निलम्बन गरिएको थियो । पार्टी कारबाहीमा परेपछि उनीहरुको सांसद पद पनि निलम्बनमा परेको थियो ।

तर जेठ २६ गते सर्वोच्च अदालतले पनुर्वहाली गरिदिएको थियो । निलम्बनमा परेका तीन जना सांसदहरु सरकारमा सामेल छन् । तिमध्ये थापा भौतिक पूर्वाधार तथा शहरी विकास, शाही भूमि, व्यवस्था, कृषि तथा सहकारी र बुढाले उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया