दमाम-काठमाडौँ सातामा २ उडान हुने, ट्राभलबाट टिकट लिन अनुरोध

४ बर्ष अगाडि

काठमाडौं - कोरोना महामारीका कारण बन्द भएको हवाई उडान फेरि संचालन भएसँगै दमाम-काठमाडौँ सातामा २ उडान हुने भएको छ ।

साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै दमाम-काठमाडौं सतामा २ हवाई उडान हुने जानकारी दिएको छ ।

दूतावासका अनुसार स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना हुने गरी केही मुलुकका लागि सीमित संख्यामा अन्तर्राष्ट्रिय हवाई उडानको अनुमति दिने नेपाल सरकारको निर्णयबमोजिम नेपाल उड्डयन प्राधिकरणले प्रकाशन गरेको साप्ताहिक हवाई उडान तालिका सार्वजनिक गरेको जनाएको छ ।

उडान हुने भएपछि यात्रुहरु नठगिउन भनेर दूतावासले सम्बन्धित एयरलाइन्सका आधिकारीक ट्राभल एजेन्सीमा सम्पर्क गरेर आधिकारिक ट्राभलबाट टिकट लिन अनुरोध गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया