असार १७ बाट हुने नियमित उडानका लागि आन्तरिक वायुसेवा कम्पनीले थाले टिकट बुकिङ

४ बर्ष अगाडि

काठमाडौं - आगामी १७ असारबाट हुने नियमित उडानका लागि आन्तरिक वायुसेवा कम्पनीले टिकट बुकिङ थालेका छन् । बुद्ध एयर र यति एयरलाइन्सले टिकट बुकिङ शुरु भएको जानकारी गराएका छन् ।

सरकारले साविकको तुलनामा ५० प्रतिशत पनि ननाघ्ने गरि उडान संख्या तय गरि आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको हो । सरकारले एक साताको समय राखी १ जुलाईबाट उडान गर्न अनुमति दिएको हो ।

यससगै वायुसेवा कम्पनीलाई उडान सुचारु गर्न समेत बाटो खुलेको हो । यति एयरलाइन्सका अनुसार कम्पनीले स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डको पूर्ण पालना गरि उडान थाल्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया