काठमाडौं - १६ वर्षीया नाबालिकालाई जंगलमा बोलाएर जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (६ नेर्पाका ३१ वर्षीय अरुण राई पक्राउ परेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –५ लफ्याङकी एक नबालिकालाई ललाईफकाइ गरि बुधबार राति ९ बजे नजिकैको जंगलमा लगेर जवरजस्ती करणी गरेको खुलेको प्रहरीले जनाएको छ ।
पीडित नाबालिकाले राईले आफुमाथि जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र सोही उजुरीको आधारमा राईलाई पक्राउ गरीएको प्रहरीले जनएको छ ।
प्रतिक्रिया