नदीमा हाम फालेर आत्महत्या गर्न लागेकी  महिलाको सकुशल उद्दार

५ बर्ष अगाडि

बर्दिया जिल्लाको गुलरिया नगरपालिका ८ स्थित भादा नदीमा हाम फालेर आत्महत्या गर्न लागेकी एक महिलाको प्रहरीले सकुशल उद्दार गरेको छ । बिहीबार दिउँसो ४ः३० बजे भादा नदिमा महिलाले हामफालेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले  ४० वर्षीया जलदैया थारुलाई सकुशल उद्दार गरेको हो । 

प्रहरीले बग्दै गरेको अवस्थामा उनको सकुशल उद्दार बर्दिया जिल्ला अस्पताल गुलरियामा उपचार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए । 

थारु भारतको बहराईच थाना मोतिपुर ग्राम बलैगाउँकी स्थानीय बासिन्दा भएको प्रहरीले जनाएको छ । उनलाई उपचारपछि श्रीमान मिश्रिराम थारुको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया