काठमाडौँ– उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बोलिभियालाई २-० गोल अन्तरले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
उरुग्वेको जितमा एडिन्सन काभानीले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको ४० औं मिनेटमा बोलिभियाका कार्लोस लाम्पेको आत्मघाती गोलबाट उरुग्वेले सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि खेलको ७९ औं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई २(० को जित दिलाए ।
यस जितसँगै उरुग्वेले ३ खेलमा ४ अंक जोडेको छ । समूह ‘ए’ को उरुग्वे चौथो स्थानमा छ ।
प्रतिक्रिया