मन्त्रीविहीन मन्त्रालयमा ४ मन्त्रीले जिम्मेवारी समाल्ने, कुन मन्त्रालय कुन मन्त्रीको जिम्मामा ?

४ बर्ष अगाडि

काठमाडौं, सर्वोच्च अदालतले संविधान विपरित मन्त्रिपरिषद् विस्तार गरेको ठहर गर्दै १८ मन्त्री तथा राज्यमन्त्रीलाई पदमुक्त गरिदिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीविहीन बनेको मन्त्रालयमा जिम्मेवारी तोकेकी छिन् । 

पदमुक्त नभएका चार मन्त्रीहरुले हेर्नेगरी राष्ट्रपतिले जिम्मेवारी तोकेकी हुन् । जसअनुसार विष्णु पौडेलले अर्थसहित उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा र गृह मन्त्रालय सम्हाल्ने भएका छन् । 

यस्तै कृष्ण गोपाल श्रेष्ठले शिक्षासहित वन, युवा तथा खेलकुद, श्रम तथा रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् भने बसन्तकुमार नेम्वाङले भौतिकसहित कृषि, खानेपानी, सञ्चार र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । 

यसैगरी लीलानाथ श्रेष्ठले कानुनसहित भूमि व्यवस्था, महिला तथा जेष्ठ नागरिक, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । अन्य रिक्त मन्त्रालय भने प्रधानमन्त्री आफैले सम्हाल्नेछन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया