काठमाडौं, एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा आवेदन दिने शुक्रवार(भोलि) अदिन रहेको छ ।
कम्पनीले संस्थाको संस्थापक शेयर असार ६ गतेदेखि लिलामीमा ल्याएको हो । संस्थाको ५९ हजार ६६८ कित्ता संस्थापक शेयर लिलामी हुने छ । न्यूनतम मूल्य प्रतिकित्ता रू. ५७५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
त्यसैगरी लिलामी शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ । अधिकतम भने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ । कम्पनीको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया