४१ हजार रुपैयाँ सहित ६ जना जुवाडे पक्राउ

५ बर्ष अगाडि

काठमाडौं,  प्रहरीले ४१ हजार ३६० रुपैयाँ सहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीले मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली डेरा गरी बस्ने जनक बहादुर थापाको कोठाबाट तास खेली रहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रे घुम्लु घर भएका रमेश पन्त सहित ६ जनालाई बुधबार साँझ पक्राउ गरेको हो ।

उक्त कोठामा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया