कामपामा १८ अर्ब ९५ करोड ७७ लाख बढि बजेट, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड

४ बर्ष अगाडि

काठमाडौं - काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८र०७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख बढि बजेट बिनियोजन गरेको छ ।

महानगरपालिकाको नगरसभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गीले आज बजेट प्रस्तुत गर्दै महानगरपालिकालाई आर्थिक वर्ष २०७८र०७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रूपैयाँको बजेट बिनियोजन गरिएको जानकारी गराएकी हुन् । 

उनले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित बजेट प्रस्तुत गरेकी थिइन् । बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख रूपैयाँ र आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड रूपैयाँ विनियोजन भएकोे छ । 

साथै सामाजिक विकासतर्फ २ अर्ब ७० करोड रूपैयाँ, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड रूपैयाँ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड रूपैयाँ बिनियोजन गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया