राजस्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट कार्यमा संलग्न रहेको अभियोगमा दुईजना विरुद्ध १८ करोड ६५ लाख बराबरको विगो असुल गरी जरिवाना तथा कैद माग दावी गर्दै उच्च अदालत जकपुरमा मुद्दा दायर गरेको छ ।
उक्त अधियोगमा विभागले अशोक कुमार सिन्हा र निवेदिका सिन्हाविरद्ध मुद्दा दायर गरेको हो ।
भारतको पूर्वी चम्पारण, सिंहपुर घर भएका उनीहरुले २२ हजार ९५७ दशमलव ४८ ग्राम सुन र १ हजार ७८ ग्राम ग्राम चाँदीका गरगहना अवैध रुपमा भन्सार चोरी पैठारी गरी लुकाइछिपाई भण्डारण गरी राजस्व उनीहरुले राजस्व चुहावट गरेको देखिएको विभागले बताएको छ ।
प्रतिक्रिया