परिवर्तन भयो सवारी चालक अनुमतिपत्रको लिखित परिक्षाको पाठ्यक्रम

५ बर्ष अगाडि

काठमाडौं - सवारी चालक अनुमतिपत्रका लागि लिइने लिखित परीक्षाको नयाँ पाठ्यक्रम सार्वजनिक भएको छ । बुधबार यातायात व्यवस्था विभागले एक प्रेस विज्ञप्ति जारी गरी गर्दै पाठ्यक्रम सार्वजनिक गरेको हो । 

सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ (वर्ग ‘क’, ‘ट’ (A/K)- मोटरसाइकल/स्कुटर, मोपेड र वर्ग ‘ख’ (बी) कार/जीप/डेलिभरी भ्यानका लागि २०७७ चैत १९ गते स्वीकृत भएको थियो । यो कार्यविधि निर्देशिका २०७८ जेष्ठ १ गतेदेखि लागूमा आएको जनाइएको छ । 

निर्देशिकाको दफा ५(२) बमोजिम वर्ग ‘क’/‘ट’ (A/K) र वर्ग ‘ख’ (B) को लागि लिइने लिखित परीक्षा प्रयोजनका लागि तयार गरिएको ५००/५०० वटा प्रश्नहरुको २ वटा प्रश्न संग्रह विभागले आफ्नो वेवसाइटमा प्रकाशित गरेको छ ।

आगामी दिनमा वर्ग ‘क’/‘ट’ (A/K) र वर्ग ‘ख’(बी) का लागि लिखित परीक्षा सञ्चालन गर्दा यिनै प्रश्न संग्रहबाट तोकिए बमोजिमका सबै विषय क्षेत्रबाट तोकिए बमोजिमको संख्यामा प्रश्नहरु रहने गरी प्रत्येक प्रश्नको ५ अंकका दरले २० वटा वस्तुगत प्रश्नहरु चयन गरी प्रश्नपत्र तयार गर्नुपर्ने बिज्ञप्तीमा जनाइएको छ । 

 

५ बर्ष अगाडि

प्रतिक्रिया