आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज  स्थगित

४ बर्ष अगाडि

नेपाल, नामिबिया र स्कटल्याण्डबीच हुने भनिएको त्रिकोणात्मक सिरिज आइसीसी विश्वकप लिग–२ प्रतियोगीता स्थगित भएको छ । आगामी जुलाईमा स्पेनमा हुने भनीएको प्रतियोगीता कोरोना माहामारीका कारण स्थगीत भएको हो । 

नामिबियामा कोरोना भाइरसको सङ्क्रमणका कारण अवस्था असहज भएपछि श्रृङ्खला स्थगित गर्नुपरेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जनाएको छ । 

अब यो सिरिज  २०२२ को जुलाईमा हुने आईसीसीको भनाइ छ । नेपालले यही सिरिजका लागि मंगलबारदेखि बन्द प्रशिक्षण सुरु गरेको थियो ।लिग अन्तर्गत नेपाल, ओमान, अमेरिका, नामिबिया, स्कटल्याण्ड, पपुवा न्युगिनी र यूएईले नौ वटा श्रृङ्खला खेल्ने तालिका थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया