सरकारमाथि दबाब बढाउँदै विपक्षी गठबन्धन, संघर्षका कार्यक्रम तयार गर्न कार्यदल

४ बर्ष अगाडि

काठमाडौं - पाँच दलीय विपक्षी गठबन्धनले सरकारमाथि दबाब बढाउने तयारी गरेको छ । 

बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको गठबन्धनको बैठकले संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालनका कार्यक्रम ल्याउने निर्णय गरेको हो ।

बैठकले राष्ट्रपति र सरकारका असंवैधानिक कार्यविरुद्ध कानुनी र राजनीतिक संघर्षलाई सँगसँगै अगाडि बढाउने निर्णय गरेको नेताहरूले बताएका छन् ।

गठबन्धनले संघर्षका कार्यक्रम तयार गर्न कार्यदल बनाएको छ । कार्यदलमा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका नेता देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ, एमाले नेता भीम रावल संलग्न छन् ।

 
 

४ बर्ष अगाडि

प्रतिक्रिया