काठमाडौँ, २ चैत- प्रधानमन्त्री केपी ओलीले दुई दिनभित्रै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । सरकार गठन भएको एक महिनापछि उनले संघीय समाजवादी फोरमलाई समेत समेट्दै सरकारलाई पूर्णता दिन लागेका हुन् ।
राष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचनपछि सरकारलाई पूर्णता दिने योजना बनेपछि संघीय समाजवादी फोरमसँग राजनीतिक सहमति गर्ने तयारी लम्बिएको थियो ।
तर, बिहीबार माओवादी अध्यक्ष प्रचण्डसँग आफ्नै सरकारी निवास बालुवाटारमा छलफल गरेका प्रधानमन्त्रीले फोरमलाई समेत समेटेर दुई दिनभित्रै सरकारलाई पूर्णता दिने निष्कर्ष निकालेका हुन् ।
अब फोरमसँग निर्णायक वार्ता गरेर सरकार विस्तार गर्ने तयारी छ । माओवादी केन्द्रले पार्टीका तर्फबाट सहभागी हुने पाँचै मन्त्रीको नाम छनोट गरिसकेको छ ।
३ फागुनमा प्रधानमन्त्री बनेका ओलीले १४ फागुनमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए, नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया