इथियोपियाको टिग्रे क्षेत्रमा सरकारी हवाइ हमलामा, ६० जनाको मृत्यु हुँदा ४० बढी घाइते

५ बर्ष अगाडि

एजेन्सी - इथियोपियाको टिग्रे क्षेत्रमा सरकारी हवाइ हमलामा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ ।

टिग्रे क्षेत्रमा रहेको एउटा बजारमा सरकारी हवाइ फौजले आक्रमण गर्दा अन्य ४० जना बढी व्यक्ति घाइते भएका छन् ।

मिकाइलीको एउटा प्रमुख अस्पतालका चिकित्सकले बीबीसीलाई कम्तीमा ६० जना मारिएको र ४० जनाभन्दा बढी घाइते भएको बताएका छन् । उक्त सङ्ख्या अझ बढ्नसक्ने ठानिएको छ ।

इथियोपियाको सेनाले गैरसैनिकहरूलाई निशाना नबनाएको दाबी गर्दै आतंकवादीहरूलाई निष्क्रिय बनाउने उद्देश्य राखेको जनाएको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया