आन्तरिक हवाई उडान असार १७ देखि सञ्चालन हुने, अन्तर्राष्ट्रिय भने भोलिबाट

५ बर्ष अगाडि

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १७ असारदेखि आन्तरिक हवाई उडान खोल्न दिन भएको छ ।

मन्त्रालयले कुल उडानको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न नेपाल नागरिक उड्यान प्रधिकरणलाई निर्देशन दिएको हो ।

यससँगै मन्त्रालयले ३० असारसम्मका लागि केही अन्तर्राष्ट्रिय गन्तव्यमा हवाई उडानको अनुमति दिएको छ। बिहीबारदेखि नै लागू हुने गरी नौ वटा एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानको अनुमति दिएको हो।

नेपाल एयरलाइन्सले दोहा, जापान र दुबई, हिमालयन एयरलाइन्सले दुबई र दमाम, कतार एयरलाइन्सले दोहा, टर्किस एयरलाइन्सले इस्तानबुल, जजिरा एयरवेजले कुवेत, फ्लाई दुबईले दुबई, सलाम एयरले ओमन, एयर अरेबियाले अबुधावी र एयर इन्डियाले दिल्ली उडान गर्ने भएका छन्।
 

५ बर्ष अगाडि

प्रतिक्रिया