यी थिए महेश बाबूले छोडेका फिल्म, जसले बकसअफिसमा मचाए धमाका

४ बर्ष अगाडि

काठमाडौं, सामन्था अक्किनेनी र नागा चैतन्य स्टारर फिल्म ‘ये माया चेस्वा’ पनि पहिला महेश बाबूलाई अफर भएको थियो । केही कारणले गर्दा उनले फिल्म गरेनन् । यही फिल्मले नागाको करिअर चम्काएको थियो । प्रभास अभिनीत फिल्म ‘वर्षम’ पनि सुरुमा महेशलाई अप्रोच गरिएको थियो । तर, उनले फिल्ममा काम गर्न मानेनन् । यो फिल्मले प्रभासको स्टारडमलाई उचाइँमा पुर्‍याएको थियो ।
 
थलापथी विजय अभिनीत फिल्म ‘कथ्थी’ का लागि पनि महेश पहिलो रोजाइ थिए । तर, उनले रिमेक फिल्म नगर्ने भन्दै अफर रिजेक्ट गरे । सूर्या स्टारर फिल्म ‘२४’ पनि पहिला महेश बाबूलाई अफर गरिएको थियो । तर, उनले फिल्मको कन्सेप्ट नबुझेपछि काम गरेनन् । त्यस्तै, फिल्म ‘रुद्रामादेवी’ मा अल्लू अर्जुनले निर्वाह गरेको भूमिका पनि पहिला महेशलाई अफर गरिएको थियो । 
 
उनलाई अफर भएको अर्को फिल्म हो, ‘मानासांथा नुवे’ । उनले काम गर्न अस्वीकार गरेपछि फिल्ममा उदय किरणको इन्ट्री भएको थियो । निथिन र सामन्था अक्किनेनी अभिनीत फिल्म ‘अ आ’ र वरुण तेजको फिल्म ‘फिदा’ का लागि पनि निर्देशकको पहिलो रोजाई महेश बाबू नै थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया