राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मासहित सहित ३ विरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचारको मुद्दा दायर

४ बर्ष अगाडि

काठमाडौं, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित कर फछ्र्यौट आयोगका ३ पदाधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । अख्तियारले राजश्व चुहावट गरी भष्टाचार गरेका पुष्टि भएको भन्दै विशेष अदालत काठमाण्डौमा मुद्धा दायर गरेको हो ।

अख्तियारले कर फछ्र्यौंट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेशप्रसाद ढकाल र शर्माविरुद्ध भ्रष्टाचार आरोप पत्र दायर गरेको छ ।

उनीहरुले मनोमानी किसिमले बदनियपूर्वक १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ कर छुट दिएको पुष्टि भएको आयोगले जनाएको छ ।

अख्तियारले उनीहरुको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र दफा ७ को देहाय (क) मा परिभाषित कसुर गरेको पुष्टि हुन आएको जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार उनीहरु विरुद्ध १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगो दाबी सहित ८ देखि १० वर्षसम्म कैद सजाय माग गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया