काठमाडौं, यस वर्षको मनसुन सुरु भएदेखि बाढी र पहिरोका कारण २३ जनाले ज्यान गुमाएका छन् भने २४ जना बेपत्ता छन् ।
गृह मन्त्रालयले बुधबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा बढी ५ जनाको मृत्यु भएको छ भने २० अझैँ बेपत्ता छन् । जेठ ३१ देखि असार ९ (बुधबार)सम्मको विवरणमा बाढी र पहिरोमा परी घाइते १३ जना अझैँ निको भएका छैनन् ।
त्यस्तै २४ जिल्लाका ३२९ घर पूर्णरुपमा र १०७ वटा निजी घरमा आंशिक क्षति पुगेको छ । २१ वटा सरकारी कार्यलय, ७ सडक, पक्की पुल, १० वटा माछा फार्म र इलाका प्रहरी कार्यलयको एउटा भवनमा पूर्णक्षति पुगेको गृह मन्त्रालयले जनाएको छ।
मनसुन सुरु भएपछि आएको बाढी पहिरोका कारण हुम्ला, लमजुङ, मनाङ र कास्कीमा रहेका १० वटा आयोजनाहरूमासमेत क्षति पुगेको छ ।
प्रतिक्रिया