एजेन्सी - टोकियो ओलम्पिक अवधिभर मादक पदार्थको बिक्रि गर्न नपाइने भएको छ। टोकियो ओलम्पिक–२०२० की अध्यक्ष सीको हाशीमोतोले मादक पदार्थको बिक्रि प्रतिबन्धको घोषणा गरेकी हुन् ।
खेलको दौरान सुरक्षा व्यवस्थालाई ध्यानमा राखी यस्तो निर्णय गरिएको बताइएको छ । ओलम्पिक खेल सुरु हुन अब ३० दिन बाँकी रहेको छ ।
आयोजकको सम्पूर्ण ध्यान अहिले खेलको सुरक्षामा केन्द्रित भएकोे बताइएकोे छ । रंगशालाबाहिर मादक पदार्थको बिक्री गर्न र रंगशालाभित्र लैजान प्रतिबन्ध लगाइएको हो ।
प्रतिक्रिया