५० प्रतिशतको कोटा निर्धारणले आन्तरिक हवाई उडानतर्फ अन्योलता

४ बर्ष अगाडि

काठमाडौं - सरकारले अन्तर्राष्ट्रिय उडानसँगै आन्तरिक उडानलाई समेत ५० प्रतिशतमा सञ्चालन गर्न दिने निर्णय गरेसँगै आन्तरिक हवाई उडानतर्फ अन्योलता छाएको छ । 

उडानमा ५० प्रतिशतको कोटा निर्धारणले कसले कुन समयमा कति उडान भर्न पाउने भन्ने अन्योलता छाएको नेपाल वायुसेवा सञ्चालक संघ (एओएन) का प्रवक्ता योगराज कँडेलले बताए । 

यद्यपि, सम्बन्धित निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र त्रिभुवन विमानस्थल उडान व्यवस्थापनसँग छिटोभन्दा छिटो संघले छलफल गरेर एउटा निष्कर्षमा पुग्ने उनले बताए ।

‘सरकारले अन्तर्राष्ट्रिय उडानसँगै आन्तरिक उडान पनि खोल्ने निर्णय त ग¥यो तर ५० प्रतिशतको कोटा निर्धारणले समस्या पारेको छ । कुन फ्लाइटलाई कति उडान दिने र लोड फ्याक्टर कति रहने भन्नेमै अन्योलता छ,’ उनले भने, ‘त्यति मात्र नभएर एक फ्लाइट पछिको अर्को फ्लाइट बीचको समय दूरीसमेत कति रहने भन्नेमै अन्योलता छ । यस्तो अवस्थामा हामीले क्यानको निर्देशन (सेड्युल) पर्खिएका छौं ।’

यता क्यानले पनि अहिले प्राधिकरण उडान व्यवस्थापनसम्बन्धी सेड्युल निर्माणमै केन्द्रित भएको बताएको छ । सो बारे रातोपाटीसँग कुरा गर्दै क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले अहिले प्राधिकरणले सम्बन्धित एयरलाइन्सहरु र टीआईए ९त्रिभुवन विमानस्थल० सँग छलफल थालेको र केहि दिन भित्र सेड्युल सार्वजनिक गरिने जानकारी दिए । 

उता अन्तर्राष्ट्रिय उडान तर्फ भने कुनै समस्या नरहेको उनको भनाई छ । हाल नेपाल एयरलाइन्ससहित १८ कम्पनीका जहाजहरूले आन्तरिक ९डोमेस्टिक० उडान भर्दै आएका छन् । जसमध्ये अधिकतम १० वटा हेलिकप्टर सञ्चालक कम्पनीहरु रहेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया