जबरजस्ती करणी गरेको आरोपमा २३ वर्षीया युवक पक्राउ

५ बर्ष अगाडि

काठमाडौं, युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ  पर्नेमा २३ वर्षीया गुराँस गाउँपालिका–३ का भद्रबहादुर बुढालाई रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिए । 

बुढाले ती युवतीलाई असार ६ गते आफ्नै घरको भान्सामा लगेर जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएको छ । पीडित परिवारले मंगलबार प्रहरीमा जाहेरी दरखास्त दिएका थिए । 

ती युवती मामा घर जान लागेको मौका छोपी ती युवतीलाई भद्रबहादुरले मेरो घरमा सुत्न जाम भनेर हात समाती लतार्दै लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको छ । मुख थुनेर चिच्याउन कराउन नदिइ भद्रबहादुरले ती युवतीलाई आफ्नै घरको भान्सामा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । 

पीडित युवतीको आमाले दिएको जाहेरीका आधारमा भद्रबहादुरलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए ।  

५ बर्ष अगाडि

प्रतिक्रिया