काठमाडौं - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजबाट अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ ।
कम्पनीले कम्पनीले वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ४ लाख ३५ हजार ८ सय ९४ कित्ता हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।
उक्त सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले असार १६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ ।
लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् ।
उक्त सेयरको बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ ।
प्रतिक्रिया