नदीजन्य पदार्थको उत्खनन गर्न गाउँपालिकाले लगायो रोक

५ बर्ष अगाडि

पर्वत जिल्लाको जलजला गाउँपालिकाले अन्ततः बर्खायाममा पनि नदीजन्य पदार्थको उत्खननमा रोक लगाएको छ । ढुङ्गा, गिट्टी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को दफा ४ (१३) बमोजिम जलजला गाउँपालिका क्षेत्रभित्र बर्सातको समयमा बगेर जाने बालुवा कालीगण्डकी नदीबाट हार्भेस्टिङ गरी बिक्री गर्न यही असार ६ गते सूचना प्रकाशन गरेको थियो । यसको चर्को विरोध हुँदै आएको थियो । 

कालीगण्डकीमा अवैध दोहन रोक्न सामाजिक सञ्जालमा दबाबमूलक अभियान शुरु भएको समयमा गाउँपालिकाले खोलामा नदीजन्य पदार्थ सिञ्चित गर्ने समयमा समेत उत्खनन गर्ने निर्णय गरेको थियो । 

पर्वत खण्डमा बढी दोहन भए पनि यसको विरोध बागलुङतर्फ बढी हुँदै आएको छ । नदी दोहनका कारण बागलुङ र पर्वत खण्डमा तटीय बस्ती जोखिममा परेको समयमा गाउँपालिकाको निर्णय असान्दर्भिक भएको स्थानीयवासीको भनाइ छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै हाललाई यो कार्य स्थगन गरिएको बताएका  छन ।

५ बर्ष अगाडि

प्रतिक्रिया