हुन्डाई नयाँ वर्ष अफर असार ३१ सम्म,  केके छन् छुट तथा सुविधा ?

४ बर्ष अगाडि

नेपालमा हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सञ्चालन गरिरहेको ०७८ को नयाँ वर्ष योजना ‘यो नयाँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ असार ३१ गतेसम्मलाई बढाएको छ ।

यसअघि योजनाको अवधि १९ चैत ०७७ देखि १७ वैशाख ०७८ सम्म थियो । तर, कोभिड–१९ महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाले योजना स्थगित भएको थियो ।

ग्राहक सुविधालाई दृष्टिगत गरेर योजना ८ असारदेखि ३१ असार ०७८ सम्म पुनः सञ्चालन गरिएको कम्पनीले बताएको छ ।

योजनाअन्तर्गत हुन्डाईका कुनै पनि गाडी खरिदमा आकर्षक छुट तथा विशेष सुविधा प्राप्त गर्न सकिन्छ ।

हरेक खरिदमा ग्राहकले नगद छुट, स्क्र्याच कार्डमार्फत ७८ हजार रुपैयाँसम्मको अतिरिक्त छुट, १५ हजार रुपैयाँ बराबरको लोयल्टी बोनस, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बीमा सुविधा पाउन सक्छन् ।

हुन्डाईले आफ्ना सम्पूर्ण गाडीमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षे वारेन्टी सुविधा उपलब्ध गराउँदै आएको छ ।  

हुन्डाई नेपालले सबै सोरुम तथा सर्भिस सेन्टर कोभिड–१९ सुरक्षा प्रोटोकल पालना गरी सञ्चालन गर्नेछ । लक्ष्मी इन्टरकन्टिनेन्टलले हाल नेपालभर १३ सोरुम तथा १७ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया