अपि पावरको हकप्रद शेयरमा असार १३ गतेसम्म आवेदन दिन सकिने, यी ठाउँबाट दिनुहोस् आवेदन !

४ बर्ष अगाडि

काठमाडौं - अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा असार १३ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

जेठ २० गतेदेखि बिक्री खुल्ला भएको हकप्रदमा यसअघि असार ९ गते बुधबारसम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो ।

कम्पनीले बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुका लागि जेठ २० गतेदेखि १ बराबर ०.२९३८ कित्ता अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

हकप्रदमा मेरो शेयरको वेवसाइट तथा मोबाइल एप तथा अपि पावर कम्पनी लिमिटेडको कैनद्रीय कार्यालय थापाथली, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल कमलादी, तथा मुक्तिनाथ बैंकका इटहरी, पोखरा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुरबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया