नेपाल–भारत सीमाबाट स्रोत नखुलेको ३९ लाख ८० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् । महोत्तरीको मट्टिहानीबाट उक्त नगद सहित धनुषा मुखियापट्टि मुसहरनिया १ का ३८ वर्षीय संजयकुमार साह पक्राउ परेका हुन् ।
नेपाल–भारत सीमाबाट नेपालतर्फ आउँदै गरेका साहको जलेश्वर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
अनटेस्ट स्कुटरमा लुकाएर ल्याएको रकमसहित साहलाई जिल्ला प्रहरी र मट्टिहानी चौकीबाट गस्तीमा खटेको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया