काठमाडौं - नेकपा एमालेका युवा नेता तथा पुर्वमन्त्री योगेश भट्टराईले अदालतले एमाले एकतालाई नै जोड दिएको टिप्पणी गरेका छन् । उनले यो एउटा पाठ पनि भएको बताएका छन् ।
‘अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त’, उनले भन्नुभयो । ट्वीटरमा लेखेका छन्, ‘एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्छ । बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो । भन्छन् नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड ।’
सर्वोच्च अदालतले केही दिनअघि एमालेको महाधिवेशन आयोजक समितिलाई मान्यता दिएको थिएन भने कारबाहीमा परेका कर्णाली प्रदेशका सांसद पुनर्बहाली भएका थिए ।
यस्तै एमाले भित्रकै विवादका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका बेला मंगलबार अदालतले यसलाई मान्यता नदिइ २० मन्त्रीलाई पदमुक्त गरिदिएको छ ।
प्रतिक्रिया