काठमाडौं - चोरी रकम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका–९ का ३० वर्षीय ज्ञान बहादुर पौडेल र सोही ठाउँ बस्ने १९ वर्षीय बिकास बजगाई रहेका छन् ।
मोरङको रतुवामाई नगरपालिका–१० रहेको काबेली समृद्धि बहुउदेस्यीय सहकारी संस्थाबाट चोरी गरेको नगद २ लाख ३० हजार ८ सय रुपैयाँ सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
साथै महोत्तरीबाट स्रोत नखुलेको ३९ लाख ८० हजार रुपैयाँ सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित सडकबाट धनुषा मुसहरनिया मुखियापट्टी गाउँपालिका–१का ३८ वर्षीय संजय साहलाई मंगलबार दिउँसो स्रोत नखुलेको उक्त नगद सहित प्रहरीले पक्राउ गरेको हो ।
साहले चलाउँदै ल्याएको टेष्ट लेखिएको स्कुटरलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको १ हजार र ५०० दरका गरी उक्त रुपैयाँ सहित फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया