नागरिकता, राहदानीको काम सातामा तीन दिन, कुन-कुन बार ?

५ बर्ष अगाडि

 काठमाडौं - निषेधाज्ञामा अत्यावश्यक सार्वजनिक सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरले नयाँ तालिका बनाएको छ ।

प्रशासनले मंगलबारबाट लागू हुने गरी नयाँ तालिका ल्याएको हो । अर्को व्यवस्था नभएसम्म लागू हुनेगरी नयाँ तालिका बनाएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ । 

ललितपुर महानगरपालिकामा नागरिकता, राहदानी, हातहतियार दर्ता तथा नविकरणका लागि सातामा तीन दिन छुट्याइएको छ । आइतबार, सोमबार र मंगलबार मात्रै यी सेवा प्रवाह हुने बताइएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया