अर्घाखाँचीमा आगलागी

७ बर्ष अगाडि


अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ६ मेहेलपानी चित्रेटोला निवासी जङ्ग बहादुर बिकको घरमा आगो लागि हुदा उनका ११ बर्षिय छोरा नारायण बिकको ज्यान गएको छ । 

हिडडुल गर्न नसक्ने छोरा  घरभित्र बसेको बेला एक्कासी बिधुत शर्ट भई लागेको आगोको हुर्कोमा आफुले छोरालाई बचाउने प्रयास गर्दा पनि नसकिएको मृतकका बाबु जङ्ग बहादुर बि.क.ले बताए ।

आगलागीबाट घरभित्र रहेका अन्नवाली, लत्ताकपडा नष्ट हुदा करीव १२ लाख बरावरको क्षती भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रण बाहिर गएपछि समयमै गाँउलेले आगो नियन्त्रण गर्न नसक्दा मानबिय क्षेति  सहित ठूलो धनमालको क्षेति भएको प्रहरीले जनाएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया