फोरम र राजपाका लागि मन्त्रालय बढाउँदै प्रधानमन्त्री

७ बर्ष अगाडि


काठमाडौँ-  मन्त्रिपरषद्को बिहीबारको बैठकमा मन्त्रालयहरुको संख्या थप र पुनर्गठनबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको बैठकले यस विषयमा प्रारम्भिक छलफल गरेको महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले जानकारी दिइन् ।

विगतमा रहेका ३१ मन्त्रालय घटाई वर्तमान सरकारले कार्यसम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय कायम गरेको थियो ।

तर संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलार्इ पनि सरकारमा ल्याउन केपी ओली नेतृत्वको सरकारले मन्त्रालय बढाउनेबारे गृहकार्य थालेको हो ।

फोरम र राजपाले सरकारमा जानका लागि ओली सरकारसँग कम्तिमा पनि ३/३ मन्त्रालय मागेका छन् । संघीय समाजवादी फोरम नेपाल पनि सरकारमा सहभागी हुने भएपछि केही मन्त्रालय थप्ने गृहकार्य सरकारले थालेको हो, अन्नपूर्ण पोस्टमा खबर छ  ।

७ बर्ष अगाडि

प्रतिक्रिया