दुई खर्ब बढी वैदेशिक सहायता प्रतिवद्धता

५ बर्ष अगाडि

काठमाडौं - वैशाख मसान्तसम्म रु दुई खर्ब दुई अर्ब २८ करोड बराबरको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिवद्धता प्राप्त भएको छ । 

अर्थ मन्त्रालयका अनुसार गत आवको सोही अवधिमा तुलनामा रु एक खर्ब ४९ अर्ब ५० करोड बराबरको प्रतिवद्धता प्राप्त भएको थियो । उक्त प्रतिवद्धतामध्ये अनुदान सहायता १०।९ प्रतिशत र ऋण सहायता ८९।१ प्रतिशत रहेको छ । 

वैदेशिक सहायता प्रतिवद्धतामा द्विपक्षीय र बहुपक्षीय सहायताको हिस्सा क्रमशः ४.७ प्रतिशत र ९३.३ प्रतिशत रहेको छ । कूल वैदेशिक सहायता प्रतिवद्धतामा सडक क्षेत्रमा सबैभन्दा बढी २६.७ प्रतिशत, ऊर्जा क्षेत्रमा २२.९ प्रतिशत र बजेटरी सहायतामा ११.७ प्रतिशत रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया