एजेन्सी - युरोकप अन्तर्गत इटालीले वेल्सलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा इटालीले वेल्सलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
इटालीको जितमा माटेओ पसिनाले खेलको ३९औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । त्यस्तै यस खेलमा खेलको ५५औँ मिनेटमा वेल्सक एथान अम्पाडुले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो ।
यो खेलपछि इटाली समूह चरणका तिनै खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको छ भने वेल्स समूह ए मा ३ खेलमा ४ अंकसहित दोस्रो हुदै नकआउट चरणमा प्रवेश गरेको छ ।
साथै आज समूह ‘बी’ र समूह ‘सी’ का समान दुई–दुई गरी चार खेलहरु हुनेछन् । समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्सले आज नर्थ म्यासेडोनियासँग खेल्नेछ । दुई टिम बीचको खेल राति ९:४५ बजेदेखि प्रारम्भ हुनेछ । नेदरल्यान्ड्स यस समूहबाट नकआउट चरणमा प्रवेश गरिसकेको छ ।
यसै समूहको अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्ने छन् । युक्रेन र अष्ट्रियाबीचको खेल पनि राति ९:४५ बजे नै प्रारम्भ हुनेछ । समूह ‘बी’ मा रहेको बेल्जियमले फिनल्याण्डसँग खेल्नेछ । बेल्जियम र फिनल्याण्डबीचको खेल राति १२:४५ बजे प्रारम्भ हुनेछ ।
यसै समूहको अर्को खेलमा रुसले डेनमार्कसँग खेल्नेछ । दुई टिमबीचको खेल राति १२:४५ बजेदेखि प्रारम्भ हुनेछ ।
प्रतिक्रिया