नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशनको अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड

४ बर्ष अगाडि

काठमाडौं, नारायणी डेभलपमेन्ट बैंकले  शत प्रतिशत हकप्रद शेयर निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । हकप्रद निष्काशन गर्न अनुमति माग्दै बैंकले असार ४ गते आवेदन दिएको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ ।

बैंकले १ः१ मा हकप्रद निष्काशन गरेपछि बैकको चुक्ता पूँजी २६ करोड २४ लाख रुपैयाँ पुग्नेछ । बैंकको गत माघमा सम्पन्न १९ औं वार्षिक साधारण सभाले हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया