सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल तानसेन सडकखण्डबाट मोटरसाइकल तिनाउ नदीमा खस्दा चालकको मृत्यु भएको छ । पश्चिम क्षेत्रीय ट्राफ्रिक प्रहरी कार्यालय बुटवलका अनुसार तिनाउ गाउँपालिका३ हेडवर्क्स नजिकैबाट लु ३० प ४१९३ नम्बरको मोटरसाइकल नदीमा खसेको थियो ।
दुर्घटनामा पाल्पाको तानसेन–९ मदनपोखराका ३७ बर्षिय गणेश रेग्मी क्षेत्रीको मृत्यु भएको हो । घटना आज बिहान ६ बजेको भएपनि दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ क्षेत्रीको शब फेला खोलमा किनारा पुगेको थियो मोटरसाईल सडकको छेउका अढ्कीएको थियो । मर्मतको लागि हिजोदेखी दिउसोको समय ६ घण्टा गरिएको यो सडकमा पटक पटक सवारी दुर्घटनामा हुने गरेका छन् ।
प्रतिक्रिया