पत्रकार भन्दै ३२ हजार बढि ठगी गर्ने दुई जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - ठगी गरेको आरोपमा दुई जना पक्राउ परेको छन् ।  वनको कर्मचारी तथा पत्रकार भन्दै ठगी गरेको आरोपमा उनीहरुलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका– ६ जुट विकासका ५० वर्षीय दधिराम चौहान र मोरङको सुन्दरहरैचा नगरपालिका– ७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल रहेका छन् । 

इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले ४ असारमा विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरूको साथबाट नगद ३२ हजार ९ सय ९५ रुपैयाँसहितको कागजत बरामद गरेको प्रहरीले बताएको छ । 

उनीहरूले डरत्रास देखाई विभिन्न काठमिलहरूबाट रकम उठाई ठगी गर्ने गरेको प्रारम्भिक अनुन्सधानबाट खुलेको प्रहरीको भनाइ छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया