नेपाल चेम्वर अफ कमर्सद्धारा वाढि पिडितहरुको लागि राहत सामाग्री बितरण

५ बर्ष अगाडि

 नेपाल चेम्वर अफ कमर्सले  वाढि पिडितहरुको लागि राहत सामाग्री बितरण गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची तथा हेलम्वु र मनाङ जिल्लाका बाढी पिडितहरुको लागि नेपाल चेम्वर अफ कमर्सले राहत सामाग्री बितरण गरेको हो । 

 कमर्सले त्रिपाल, चामल नून,चिउरा, मस्यौरा तथा दाल उपलब्ध गराएको छ । उक्त राहत सामाग्री मनाङको लागि काठमाण्डौ स्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष श्री चुयुङ गुरुङ र हेलम्वु तथा मेलम्चीका वाढपिडितका लागि सिन्धुपाल्चोक चेम्वर अफ कमर्सका अध्यक्ष श्री भक्तलाल श्रेष्ठलाइ अध्यक्ष राजेन्द्र मल्लले हस्तान्तरण गरेका थिए । 

बितरणमा नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल उपाध्यक्ष द्धय दीपक कुमार मल्होत्रा तथा सुरेन्द्र कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया