सचिवहरूको विदेश भ्रमणमा कडाइ

७ बर्ष अगाडि

काठमाडौँ - प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सचिवहरूको विदेश भ्रमणमा कडाइ गरेको छ । प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय र संवैधानिक आयोगलाई लिखित सर्कुलर गरी अनावश्यक भ्रमण स्वीकृत नगर्न र विदेश भ्रमणमा रहेका कर्मचारीको विवरण पेस गर्न निर्देशन दिएको छ ।

मन्त्रालय र जिम्मेवार निकायका प्रमुख व्यक्ति (सचिव) पटक–पटक लामो समय विदेश भ्रमणमा जाँदा दैनिक कार्यसम्पादन र मन्त्रालयले गर्नुपर्ने महत्त्वपूर्ण काम अवरुद्ध हुने क्रम बढेपछि कडाइ गरिएको हो । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया