तीन ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट, कुनको कति  ?

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबार दिन आइतवार तीन ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । 

गोर्खाज फाइनान्स, युनियन हाइड्रोपावर र सीईडीबी हाइड्रोपावरको शेयरमूल्यमा गिरावट आएको हो । 

तीन ओटा कम्पनीमध्ये सबैभन्दा बढी गोर्खाज फाइनान्सको शेयरमुल्य ९.९५ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू ११३१ मा झरेको हो ।

त्यस्तै, युनियन हाइड्रोपावरको शेयरमूल्य ९.५८ प्रतिशत र सीईडीबी हाइड्रोपावरको ८.९१ प्रतिशत घटेको हो ।

ती तीन ओटै कम्पनीको शेयरमा बजार घटेसँगै क्रेताभन्दा विक्रेता धेरै हावी भएकाले शेयरमूल्य घटेको हो । युनियन हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. ३८७ र  सीईडीबी हाइड्रोपावरको रू ६२४ मा झरेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया