४० हजार घुस रकम सहित वन कार्यालय प्रमुख पक्राउ

५ बर्ष अगाडि

सब डिभिजन वन कार्यालयका प्रमुखलाई ४० हजार घुस रकम सहित नियन्त्रणमा लिइएको छ । 

अख्तियार दुरुपयोग आयोगले निलकन्ठ सव डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत आठौँ तह (कार्यालय प्रमुख) कृष्ण प्रसाद पौडेललाई घुस रकम सहित नियन्त्रणमा लिएको हो । 

सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउन ४० हजार रुपैयाँ दिनुपर्छ भनी घुस माग गरेको पाइएको अख्तियारले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया